‘पुजार सार्की’को कौडा गीत ‘दर्शन गरेँ’ सार्वजनिक
वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:४९
5.74K
shares

काठमाडौँ । यो वर्षको बहुप्रतिक्षित चलचित्र पुजार सार्कीको दर्शन गरेँ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार फिल्मको साढे ९ मिनेटको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।
हर्क साउदको शब्द रहेको गीतमा प्रकाश सपुत र शान्ति श्री परियारको स्वर रहेको छ । गीतमा सुवास भुषालको संगीत रहेको छ । गीतको भिडियोमा फिल्मका मूख्य कलाकार फिचर्ड रहेका छन् ।
जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रका लेखक विकास सुवेदी हुन् । दिनेश राउतको निर्देशन रहेको फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परिक्षा लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:४९
5.74K
shares





