दयाहाङ राईलाई प्रश्न, डिग्री माइला फ्लप भएको हो ?
वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:०९

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर गत चैत्र ३० गतेबाट प्रदर्शनमा आएको डिग्री माइलाले सोचेजस्तो व्यापार गर्न सकेन । दर्शक र समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको फिल्मले हलसम्म दर्शकलाई तान्न सकेन ।
फिल्म प्रदर्शनमा आएको एक सातापछि आज शुक्रबार पत्रकार सम्मेलन गरेर निर्माण टिमले व्यापारको आँकडा र फिल्म नचल्नुका कारणबारे बताएका छन् । फिल्मले एक सातामा उपत्यकामा २ करोड ५० लाख र उपत्यका बाहिर २ करोड ५५ लाख रुपैँया कलेक्सन गरेको निर्माताले दावि गरे । फिल्मले ५ करोड ५ लाख कमाएकोमा सिंगल थियटरको कलेक्सन नजोडिएको उनले बताए । नेपाली फिल्मको बक्स अफिस रिपोर्ट चलचित्र विकास बोर्डले नदिने हुँदा यहि आँकडालाई मिलाएर बुझ्नुपर्ने देखिन्छ । साढे ३ करोड लगानीमा निर्माण भएको फिल्मले हालसम्म लगानी सुरक्षित गरेको निर्माता पोखरेलले बताए ।
यता दयाहाङ राईले दर्शकको अपेक्षा पुरा गर्न नसकेको बताए । एकै किसिमको भुमिकामा मात्र देखियो भन्ने दर्शकको गुनासो सम्बोधन गर्न क्रममा चुकेको उनले बताए । पत्रकारले फिल्म फल्प भएको किन स्विकानु नभएको भनेर प्रश्न गरेपछि उनले दर्शकको अपेक्षा पुरा गर्न नसक्दा यो परिणाम आएको बताए ।
रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा फिल्ममा दयाहाङ, विजय बराल, आँचल शर्मा, प्रकाश घिमिरे, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको थियो ।
वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:०९





