‘महाजात्रा’को कमाई १० करोड माथि

364 shares

काठमाडौँ । चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र महाजात्राले राम्रो कलेक्सन गरिरहेको छ । पहिलो दिनबाटै आक्रमक कमाई गरेको फिल्मले अहिले पनि त्यो निरन्तरता पाइरहेको छ । जात्राको ब्राण्ड भ्यालु र स्टारकास्टका कारण फिल्मले राम्रो कलेक्सन गरेको हो ।

आजबाट फिल्म तेस्रो सातामा प्रवेश गरेको छ । फिल्मले सोलो रिलिजको अवसर पाएको थियो । केहि हिन्दी फिल्म प्रदर्शनमा आएपनि त्यसले महाजात्रालाई असर गरेन । फिल्मलाई दर्शकहरुले मन पराएका छन् ।

निर्माण टिमका अनुसार फिल्मले दुई सातामा १० करोड माथिको कलेक्सन गरेको दाबी छ । निर्माण टिमले १०.१४ करोडको कलेक्सन गरेको रिपोर्ट सार्वजनिक गरेको छ । साथै फिल्मलाई ब्लकबस्टर घोषणा पनि गरेको छ । नेपाली फिल्मको कलेक्सनको आँकडा राख्ने आधिकारीक निकाय छैन । त्यसैले निर्माण टिमले प्रस्तुत गरेको आँकडालाई नै मान्नु पर्ने बाध्यता । हलमा दर्शकको चाप हेर्दा कात्तिक यता महाजात्रामा दर्शकको उपस्थिति बलियो देखियो ।

प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानिँया, रविन्द्र झा, वर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको यो कलेक्सनको दाबिलाई मान्ने हो भने जात्रा सिरिजको सबैभन्दा धेरै कमाई गर्ने फिल्म महाजात्रा बन्नेछ ।

364 shares