सुनको मूल्यमा नयाँ रेकर्ड

1.86K shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बृद्धिले आजपनि निरन्तरता पाएको छ । बजारमा आज १ सय रुपैँया प्रतितोलाले सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य १ लाख ३६ हजार ३ सय र तेजाबी सुनको मूल्य १ लाख ३५ हजार ६ सय ५० रुपैँया कायम भएको छ ।

चाँदीको मूल्य भने स्थीर रहेको छ । बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ८५ रुपैँया कायम भएको छ ।

 

1.86K shares