को हुन् ‘पुजार सार्की’ ?

637 shares

काठमाडौँ । यो वर्षको प्रतिक्षित चलचित्र पुजार सार्कीलाई लिएर उच्च हाइप छ । फिल्मको निर्माण सुरु भएदेखि नै यसको चर्चा चुलिएको हो । फिल्ममा एकसाथ तीन स्टार अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ पर्दामा देखिँदै छन् ।

विकास सुवेदिको लेखन रहेको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका छन् । सामाजिक कथाबस्तुमा निर्माण भएको फिल्ममा जातिय विभेद विरुद्धको संघर्षलाई देखाइने जनाइएको छ ।

प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले फिल्मको क्यारेक्टर लुक्सदेखि ट्रेलरसम्म रिलिज गरिसकेको छ । क्यारेक्टर लुक्सदेखि ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया समेत दिएका छन् ।

यस्तोमा दर्शकमा पुजार सार्की के हो ? भन्ने प्रश्न पनि उठेको छ । पूजार एक पात्रको नाम रहेको ट्रेलरले संकेत गरेको छ । निर्माण टिमले सार्वजनिक गरेको पात्रको नाम र लुक्समा आर्यनको पात्रको नाम उल्लेख गरेको छैन । प्रदीप खड्काको पात्रको नाम मैतबहादुर राखिएको छ भने पल शाहको पात्रको नाम मेघराज खत्री राखिएको छ ।

यस्तोमा बाँकि रहे आर्यन । ट्रेलरको अन्तिममा प्रदीपले पुजार भनेर बोलाएका पनि छन् । आर्यनको पात्रको नाम नै पुजार सार्की रहेको बुझ्न सकिन्छ । फिल्मको कथा पनि उनकै वरिपरि घ्म्ने देखिन्छ ।

637 shares