साहित्यकार प्रकट पंगेनीको निधन

2.92K shares

काठमाडौँ । साहित्यकार प्रकट पंगेनीको निधन भएको छ।उनको ७० वर्षको उमेरमा उपचारको क्रममा आज मंगलबार निधन भएको हो ।

निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनि पोखराको मणिपाल शिक्षण अस्पतारमा उपचाररत थिए । उपचारकै क्रममा आज दिउँसो उनको निधन भएको हो । उनको बुधबार दाहसंस्कार गरिने जनाइएको छ ।

उनका कविता, गजलका किताब प्रकाशित छन्।

2.92K shares