‘महाजात्रा’को कलेक्सन २६ करोड ६५ लाख

483 shares

काठमाडौँ । गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ले हालसम्म पनि दर्शकको माया पाइरहेको छ । फिल्म राम्रो शो का साथ पाँचौँ हप्तामा प्रवेश गरेको छ ।

पाँचौँ सातामा फिल्म प्रवेश गरेपछि निर्माण टिमले फिल्मको बक्सअफिस कलेक्सन सार्वजनिक गरेको छ । फिल्मले हालसम्म २६ करोड ६५ लाखको ग्रस कलेक्सन गरेको निर्माण टिमले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

चार सातामा फिल्मले नेपालमा १६ करोड ९० लाख र अन्तराष्ट्रिय बजारमा १० करोड ७५ लाखको कलेक्सन गरेको जनाइएको छ । प्रदीप भट्टराइको लेखन तथा निर्देशन रहेको फिल्म जात्रा श्रृंखलाको तेस्रो पार्ट हो । फिल्ममा हरिवंश आचार्य, ििवपिन कार्की, रविन्द्र सिंह बाँनिया, रविन्द्र झाm, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

 

483 shares