दुई दिनमा ३८ सय घटेको सुनको मूल्य आज बढ्यो

1.95K shares

काठमाडौँ । नेपाली बजारमा दुई दिन लगातार सुनको मूल्य तोलामा ३८ सय रुपैँयाले घटेको थियो । आज बुधबार भने सुनको मूल्य बढेको छ । बजारमा प्रतितोला ५ सय रुपैँयाले सुनको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख ३६ हजार रुपैँया कायम भएको छ । यता तेजाबी सुनको मूल्य १ लाख ३५ हजार ३ सय ५० रुपैँया कायम भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैँयाले बढेर चाँदीको मूल्य १ हजार ६ सय ७० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

1.95K shares