बलिउडका चर्चित अभिनेता जसले १८० फिल्म फल्प दिए, लगातार ३३ फिल्म फल्प

बलिउडमा एकजना अभिनेताले आफ्नो करिअरमा १८० फल्प फिल्म दिएका छन् । ३ सय जति फिल्म गरेका उनले लगातार ३३ फल्प फिल्म दिएका थिए । उनको यो रेकर्डको आसपास अन्य कोहि पनि अभिनेताका फिल्म छैनन् ।

861 shares

काठमाडौँ । बलिउडमा स्टारडम सबैलाई मिल्दैन, चाहे जतिसुकै फिल्म गरेको कलाकार नै किन नहोस् । धैरै कलाकार हरु छन् जसको लगातार फिल्म फल्प भइरहेका छन् । तर, उनिहरु दर्शकबाट माया भने बटुलिरहेका छन् । आज उनै मध्येका एक अभिनेताको बारेमा कुरा गरौँ । जसले आफ्नो करिअरमा ३ सय जति फिल्ममा काम गरे । ३३ वटा फिल्म ब्याक टु ब्याक फल्प दिए । ४० वर्षको करिअरमा पछिल्लो २५ वर्षमा कुनै पनि हिट फिल्म दिन सकेका छैनन् ।

मिथुन चक्रवर्ती यस्ता अभिनेता हुन् जसले १८० वटा फल्प फिल्ममा काम गरेका छन् । ४० वर्षको फिल्मि करिअरमा उनले सबैभन्दा धेरै फल्प फिल्म दिन अभिनेताको रेकर्ड बनाएका छन् । उनले ३ सय भन्दा धेरै फिल्ममा काम गरेका छन् । उनले लिड रोलमा १९९८ आएको चंडालमा काम गरेका थिए । त्यसपछि उनि सहायक भूमिकाहरुमा काम गर्दै आएका छन् ।

फल्प फिल्म दिनेमा उनको आसपास कोहि छैनन्
मिथुनको फल्प फिल्मको यो रेकर्डको आसपास पनि कोहि अभिनेता छैनन् । उनिपछि गोविन्दाले धेरै फल्प फिल्म दिएका छन् । गोविन्दाको ७६ फल्प फिल्म छन् । यता अक्षय कुमारले ६० वटा फल्प फिल्म दिएका छन् । साथै अनिल कपूर, अमिताभ बच्चन, सनी देओल र संजय दत्तले ५० आसपासमा फल्प फिल्ममा काम गरेका छन् ।

९ वर्षमा ३३ फल्प फिल्म
१९९८ पछि मिथुनको फिल्मी करिअर लगातार ओरालो लाग्यो । उनले ९ वर्षमा काम गरेका ३३ वटा फिल्म फल्प भए । यो समय उनका हिटलर, यमराज, गंगा की कसम, बिल्ला नम्बर ७८६, अग्निपुत्र, चालबाज, ऐलान र चिंगारी जस्ता फिल्मले बक्सअफिसमा कुनै कमाल देखाउन सकेनन् । यी फिल्महरुले बक्सअफिसमा ५ करोड आसपासको मात्रै कलेक्सन गरेका थिए ।

गुरु बाट फल्पको यात्रा टुट्यो
करिअर लगातार ओरालो लागिरहेको बेला उनको गुरु फिल्म प्रदर्शनमा आयो । फिल्ममा अभिशेक बच्चन, ऐश्वर्या राय, आर माधवन मूख्य भूमिकामा थिए । मिथुनले सहायक पात्रमा काम गरेका थिए । फिल्म बक्सअफिसमा हिट भयो र उनको फल्प फिल्मको यात्रामा ब्रेक लाग्यो ।

मिथुन राजनीतिमा पनि सक्रिय छन् । उनि हाल राज्यसभाका सदस्य हुन् । उनलाई पद्मभुषण अवार्डबाट सम्मानित पनि गरिएको छ ।

861 shares