भारी बोक्दा प्रेमिल देखिए दया र मिरुना

322 shares

काठमाडौँ । अनिल बुढा मगर निर्देशित फिल्म ‘घर ज्वाइँ’को दुई पोष्टर सार्वजनिक गरिएको छ । केहि समय अगाडि निर्माण टिमले दुई पोष्टर सार्वजनिक गरेको थियो । फेरि अहिले दुई पोष्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोष्टरमा दयाहाङ राई र मिरुना मगरलाई बोरामा भारी बोकिरहेको देख्न सकिन्छ । भारी बोक्दा पनि उनिहरु मूस्कानका साथ प्रेमिल देखिएका छन् । अर्को पोष्टरमा फिल्मका अन्य कलाकारलाई चरित्रअनुसार समेटिएको छ ।

फिल्मको कथा निर्देशक अनिलले नै लेखेका हुन् । फिल्मको पटकथा र संवाद लेखनमा भने अनिललाई विनाद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । पूर्वी रुकुममा छायांकन भएको फिल्मको निर्माता जनक घर्ति मगर रहेका छन् ।

असार २८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा दया र मिरुनाको साथमा वुद्दि तामाङ, पुस्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन, राज थापा, कविता आले, शिला आले, अनु थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

322 shares