फिल्म निर्देशन गर्दै प्रकाश सपुत

525 shares

काठमाडौँ । गायकका रुपमा चर्चा कमाएका प्रकाश सपुतले अब फिल्म निर्देशन गर्ने भएका छन् । उनि अभिनयमा पनि उत्तिकै सक्रिय छन् । म्युजिक भिडियोमा उनको व्यस्तता गज्जबकै छ । उनले परदेशी २ मार्फत अभिनयमा पनि डेब्यु गरेका थिए ।

अब भने उनि निर्देशक बन्ने भएका छन् । शिर्षक तय नभएको एक फिल्मबाट उनि निर्देशकको रुपमा मैदानमा उत्रिने भएका हुन् । फिल्मको कथा संगीत तथा निर्देशन उनकै रहनेछ । गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा तयार हुने फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का रहने जनाइएको छ ।

फिल्मका कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई, नेन्सि शेरचन रहेका छन् ।

525 shares