बन्द हुँदै ‘द ग्रेट इन्डियन कपिल शो’ ?

560 shares

काठमाडौँ । भारतीय चर्चित कमेडि शो ‘द ग्रेट इन्डियन कपिल शो’ बन्द हुने खबर बाहिरिएको छ । कमेडिले भरिएको शो लाई दर्शकले खुबै रुचाएका थिए । यसअगाडि टेलिभिजन र युट्युबमार्फत प्रशारण भइरहेको शो नेटफ्लिक्समा आएपछि यसले सकरात्मक प्रतिक्रिया पाइरहेको छ ।

टिभिमा जस्तो ओटिटीमा दर्शकको साथ नपाएपछि शो बन्द हुने खबर बाहिरिएको छ । शो बन्द हुने खबर शो कि अर्चना पूरन सिंहले बताएकी हुन् । भारतीय सञ्चारमाध्यम पिंकभिलासँग कुराकानी गर्दै उनले भनिन्, ‘हो हामीले द ग्रेट इन्डियन कपिल शोको सिजन १ को छायांकन सकिसकेका छौं। हामीले हिजो यस सिजनको अन्तिम एपिसोड सुट गरेका थियौं।’

‘द ग्रेट इन्डियन कपिल शो’ को ६ एपिसोड प्रसारण हुनेछन्।

560 shares