प्रहरी बन्ने ‘सीताको सपना’ (भिडियो)

686 shares

काठमाडौँ । कलाकार राज आचार्यले ‘सीताको सपना’ बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् । राजकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियो सोमबार कनेक्ट सुनिसा युट्युव च्यानलबाट सार्वजनिक भएको छ । गीतमा सोनु निरौलाको पनि स्वर रहेको छ ।

सीताको प्रहरी बन्ने सपनालाई लिएर गीतको भिडियो निर्माण गरिएको छ । भिडियोमा सहिन प्रजापति र सुनिसा बजगाइँको अभिनय रहेको छ । दुवै जना ‘सीता’ नामक टेलिसिरियलमा काम गर्छन् । यो जोडिलाई दर्शकले खुवै रुचाएका छन् ।

शिशिर अर्यालको छायांकन रहेको भिडियोलाई राज आचार्यले निर्देशन गरेका छन् ।

 

686 shares