पल र पूजाको ‘रावायण’को छायांकन जनकपुरबाट सुरु
वि.सं.२०८१ वैशाख १० सोमवार ०९:५३
2.07K
shares

काठमाडौँ । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्र रावायणको छायांकन सुरु भएको छ । जनकपुरको जानकी मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।
पूजा शर्माको निर्माण रहने चलचित्रको आज पल शाह, सुदर्शन थापा, प्रमोद अग्रहरी, सौरभ लामा लगायतले क्यामेरा पूजा गरेका छन् । फिल्ममा पल र पूजाको साथमा प्रमोद, प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतका कलाकारको अभिनय रहने छ ।
फिल्ममा शिवम् अधिकारीको लेखन रहेको छ । फिल्ममा पल शाहको डबल रोल रहेको जनाइएको छ । फिल्म आगामि भदौ २१ गतेबाट प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।
वि.सं.२०८१ वैशाख १० सोमवार ०९:५३
2.07K
shares





