कतारका राजाको भ्रमणमा भोलि मंगलबार सार्वजनिक बिदा

1.95K shares

काठमाडौँ । नेपाल सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सरकारले कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने दिन भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भोलि कतारका राजा दुईदिने भ्रमणका लागि नेपाल आउँदै छन् ।

1.95K shares