गुजरातसँग पञ्जाब पराजित

420 shares

काठमाडौँ। आईपीएलमा गएराति भएको खेलमा गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ। गुजरातले पञ्जाबलाई ३ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको १४३ रनका लक्ष्य गुजरातले १९.१ ओभरमा ७ विकेटको क्षतिमा १४६ रन बनाएर पुरा गर्यो । गुजरातको जितमा कप्तान सुभमन गिलले ३५ रन, साई सुदर्शन ३१, ऋद्धिमान साह १३, अजमातुल्लाह उमरजाईले १३ रन बनाउँदा राहुल तेवाटियाले नटआउट ३६ रन बनाए ।

पञ्जाबका हर्षल पटेलले सर्वाधिक ३ विकेट लिए। लियाम लिभिङस्टोनको नाममा २ विकेट रहँदा अर्शदीप सिंह र सैम कुरनले १–१ विकेट लिए।

यता पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो । पञ्जाबका लागि प्रभसिमरन सिंह ३५, हरप्रित बरोडा २९, सैम कुरन २०, हरप्रीत सिंह १४ र जितेश शर्माले १३ रन जोडेका थिए ।

गुजरातका साई किशोरले सर्वाधिक ४ विकेट लिए। मोहित शर्मा र नूर अहमदले २२ विकेट लिँदा राशिद खानको नाममा १ विकेट रह्यो।

 

420 shares