अक्षय र अरशदले सुरु गरे ‘जली एलएलबी ३’ को सुटिङ
वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०७:२३

काठमाडौँ । चर्चित कोर्ट रुम ड्रामा फिल्म ‘जली एलएलबी ३’ को सुटिङ सुरु भएको छ । अक्षय कुमारले ‘बडे मिँया छोटे मियाँ’ पछि जली एलएलबीको सुटिङ सुरु गरेका हुन् । यो पटक पहिलो र दोश्रो पार्टका जली एकसाथ आउन लागेका हुन् । पहिलो पार्टमा अरशद वारसी जली बनेका थिए भने दोश्रोमा अक्षय ।
सामाजिक संजालमा एउटा भिडियो पोस्ट गर्दै अक्षयले फिल्मको सुटिङ सुरु भएको जानकारी दिएका हुन् । भिडियोमा अक्षय र अरशद आफु सक्कली जली भएको र अर्को नक्कली जली भएको दावि गरिरहेका छन् । भिडियोमा अरशदले भनेका छन्,”जगदीश त्यागी उर्फ जली, बीए एलएलबी । डुप्लीकेटबाट सावधान ।” यता अक्षयले भनेका छन्, “जगदीश्वर मिश्रा, बीए एलएलबी । ओरिजिनल जली,(लखनउवाले) ।” भिडियोको अन्तिममा सौरभ शुक्ला जज देखिन्छन र ‘जली एलएलबी ३’ को सुटिङ सुरु भएको जानकारी दिन्छन् ।
सुभाष कपुरको निर्देशनमा बन्न लागेको चलचित्र २०२५ मा प्रदर्शन गर्ने तयारी गरिएको जनाइएको छ ।
वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०७:२३





