‘सतीदेवी’को नयाँ पोस्टर सार्वजनिक

2.21K shares

काठमाडौँ । फर्स्टलुक पोष्टर सार्वजनिक भएदेखिनै चर्चामा रहेको फिल्म ‘सतीदेवी’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा नायिका मलिका महतले रुँदै बच्चालाई स्तनपान गराइरहेको देख्न सकिन्छ ।

यसअगाडि सार्वजनिक पोस्टरमा मलिकालाई कालो मोसो दलेको देखाइएको थियो । पोस्टरमा मलिकासँगै दुई बाल–कलाकारहरु हर्षिका वली र मन्जिला बानियाँ रोइरहेका छन् ।

लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्म साउन ४ गतेबाट प्रदर्शनमा आउनेछ ।

2.21K shares