हलमा ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’
वि.सं.२०८१ जेठ २५ शुक्रवार ०२:०८
1.9K
shares

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म हलमा लागेका छन् । दुई फरक जनराका फिल्म ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ हलमा रिलिज भएका हुन् ।
‘गाउँ आएको बाटो’ विभिन्न अन्तराष्ट्रिय फेस्टिभलहरुमा सहभागि भएर नेपालमा प्रदर्शनमा आएको हो । नविन सुब्बाको निर्देशन रहेको फिल्ममा बाबु छोराबीचको प्रेम देखाइएको छ । फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, प्रसान राई लगायतका कलाकारको अभिनय रहेको छ ।
घनश्याम लामिछानेको निर्देशनमा बनेको ‘लन्डन टू पेरिस’ मा ‘ट्राभल लभस्टोरी’ कथा प्रस्तुत गरिएको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबीर खड्का र गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८१ जेठ २५ शुक्रवार ०२:०८
1.9K
shares





