अभिनयमा फर्कीए सुशील क्षेत्री

1.81K shares

काठमाडौँ । पछिल्लो समय पुराना कलाकारहरु धमाधम अभिनयमा फर्कीने क्रम जारी छ । एक समयका चर्चित कलाकारहरु विदेश भासिएका थिए । तर, पछिल्लो समय उनिहरु धमाधम फिल्म कर्ममा फर्किने क्रम जारि छ ।

यस्तोमा अभिनेता सुशील क्षेत्री पनि फिल्ममा फर्कीएका छन् । हरेक विधामा आफुलाई प्रमाणित गरेका क्षेत्री अमेरिका बस्न थालेपछि फिल्म क्षेत्र छाडेका थिए । आगो चलचित्रले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो ।

उनले शंकर घिमिरेको निर्देशन रहेको फिल्म ‘तेल भिसा’बाट चलचित्रमा पुनरागमन गरेका हुन् । फिल्मको एक गीतमा उनले नृत्य गरेका छन् । फिल्ममा अभिनय नभएपनि उनले आफु फिल्ममा फर्कीएको जानकारी दिएका हुन् । फिल्ममा विपिन कार्की, वर्षा राउत, ऋचा घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

1.81K shares