राजिनामा पत्र बोकेर हिँडेका छौँ : मन्त्री श्रेष्ठ

2K shares

काठमाडौँ । रास्वपाका नेता तथा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राजिनामा पत्र खल्तिमा बोकेर हिँडेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रममा श्रेष्ठले मिति लेख्न बाँकी रहेको राजिनामा पत्र बोकेर हिँडेको बताए ।

उनले पछिल्लो समय रास्वपाको छवि धुमिल्याउने काम भइरहेको बताए । सरकारमा पनि अनैतिक काम गराउने अवस्था आएमा सरकारबाट फिर्ता हुने बताए । कार्यकर्तालाई सम्बोधन गर्दै श्रेष्ठले सरकारबाट हट्न जतिबेलापनि तयार रहेको बताउँदै, खल्तिमा मिति नभएको राजिनामा पत्र बोकेर हिँडेको दाबी गरे । परिस्थिति असहज भए अरु पार्टीलाई जस्तो प्रधानमन्त्रीले गलहत्याएर निकाल्नु नपर्ने, आफैँ बाहिर निस्किने उनले बताए ।

श्रेष्ठले सरकारलाई दिएको समर्थनको विषयमा पुर्नविचार गर्नुपर्ने ठाउँमा पुगेको खुलाए । यस्तोमा पार्टीका शिर्ष नेताबिच अनौपचारिक छलफल समेत भएको उनले बताए । रास्वपाबाट सरकारमा गएका मन्त्रीहरुले सकेसम्मको सुधारको काम गरेको उनको दाबी छ ।

2K shares