‘दान्भी’ले जोगाउला त पूजाको करियर ?

2.52K shares

काठमाडौँ । अभिनेत्री पूजा शर्माको करियर निरन्तर ओरालो लागिरहेको छ । विभिन्न कारणले चर्चामा रहेपनि उनि फिल्मका कारणले भने चर्चामा आउन नसकेको धेरै भयो । पछिल्लो समय उनले फ्लप फिल्म दिनेमा ह्याट्रिक नै गरिन् ।

उनका ‘सम्झना विर्सना’, ‘सम्हालिन्छ कहिले मन’, ‘उपहार’ लगातार फ्लप भए । यस्तोमा उनलाई कमब्याक गर्न दमदार चलचित्रको खाँचो देखिन्छ । यस्तोमा असार ७ गतेबाट उनको ‘दान्भी’ प्रदर्शनमा आउँदैछ । लभर गर्लको भूमिकामा रुचाइएकी उनि यो पटक एक्सन गर्लको रुपमा आउँदैछिन् । फिल्ममा उनलाई भरपुर एक्सन गर्दै गरेको देख्न सकिन्छ ।

फिल्मको पोष्टर र ट्रेलर रिलिज भएपछि उनको भूमिकाको सर्वत्र चर्चा भएको थियो । उनले गरेका एक्सन स्टन्टहरुले पनि दर्शकलाई कौतुहल बनाएका थिए । यस्तोमा फिल्मले कस्तो गर्छ, त्यो भने असार ७ गतेपछाडि नै थाहा हुनेछ ।

लगातारका फ्लप फिल्मले हैरान उनलाई ‘दान्भी’ हिट हुनै पर्ने दबाब छ । फिल्ममा स्टारकास्टका रुपमा उनि नै छिन् । कुन्साङ बोमजन र किरण श्रेष्ठले उनलाई साथ दिएपनि फिल्म चलाउनुपर्ने दबाब उनिमाथि नै देखिन्छ । फिल्मले बक्सअफिसमा राम्रो गर्न नसक्दा त्यसको अपजस पूजाकै काँधमा थपिने देखिएको छ ।

यसअगाडि जेठ १० गतेबाट प्रदर्शनमा आउने भनिएपनि अन्तिम समयमा उनले फिल्मको प्रदर्शन मिति सारिन् । सोलो रिलिजको अवसर पाएको फिल्मले बक्स अफिसमा कमाल देखाउनैपर्ने चुनौती देखिन्छ ।

फिल्मको सार्वजनिक प्रचार सामग्रीहरुले दर्शकमा हाइप निर्माण गर्न सकेका छैनन् । तर, पूजा भने हाल फिल्मको प्रचारप्रसारमा व्यस्त देखिन्छिन् । अन्तवार्ताहरुमा उनलाई व्यस्त देखिएको छ ।

2.52K shares