साम्राज्ञीको ‘लण्डन टु पेरिस’ले हलमा दम तोड्यो

2.23K shares

काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मि शाहको करियर लगातार ओरालो लागिरहेको छ । जेठ २५ गतेबाट प्रदर्शनमा आएको लण्डन टु पेरिसले उनलाई राहत दिने अनुमान गरिएपनि त्यो पुरा हुन सकेन ।

पछिल्ला उनका फिल्महरु लगातार फ्लप हुनुले उनको करिअर नै संकटमा रहेको अनुमान गर्न सकिन्छ । डेढ वर्षअगाडि प्रदर्शनमा आएको ह्यारी की प्यारी पनि फ्लप भएको थियो । त्यसअगाडिका फिल्महरुले पनि बक्सअफिसमा कमाल देखाउन सकेका थिएनन् ।

यस्तोमा उनको करियरलाई लण्डन टु पेरिसले ट्रयाकमा ल्याउने धेरैले अनुमान गरेका थिए । तर, फिल्मले हलमा दर्शकलाई तान्न सकेन । आउटडेटेड कथामा कमजोर फिल्म निर्माण गरेपछि दर्शकले त्यसलाई मन पराउने कुरै भएन । युवापुस्तालाई टार्गेट गरेर निर्माण गरिएको फिल्म हेर्न लक्षित वर्ग नै हलमा पुगेनन् । फिल्मका लागि साम्रज्ञीले बेड सिन र किस सिन पनि दिएकी थिइन् । त्यसले पनि दर्शकलाई हलमा तान्न सकेन ।

प्रदर्शनको केहि दिनमा नै फिल्मले दम तोड्यो । प्रदीप भारद्वाजको लेखन रहेको ट्राभल लभस्टोरी फिल्मले दर्शकलाई नयाँपन दिनै सकेन । फिल्मबाट केहि नयाँ कलाकारले भने डेब्यु गरेका छन् । फिल्मको असफलतासँगै साम्राज्ञीको करियरले कुन मोड लिन्छ, त्यो भने हेर्न बाँकि नै छ । सँगै प्रदर्शनमा आएको नविन सुब्बाको गाउँ आएको बाटोले भने जसोतसो टिक्ने प्रयत्न गरिरहेको छ ।

2.23K shares