‘चन्दु च्याम्पियन’ ले दुई दिनमा कति कमायो ?
वि.सं.२०८१ असार २ आइतवार १०:२७
1.74K
shares

काठमाडौँ । कबिर खान निर्देशित फिल्म ‘चन्दु च्याम्पियन’लाई सकरात्मक प्रतिक्रिया मिलिरहेको छ । दर्शकले राम्रो साथ दिँदा फिल्मको कमाइमा पनि त्यसको प्रभाव देखिएको छ ।
फिल्मले ५ करोड ४० लाख भारुको ओपनिङ गरेको थियो । दोश्रो दिन फिल्मले ७ करोड ७० लाख भारुको कलेकसन गरेको छ । दुई दिनमा फिल्मले १३ करोड १० लाख भारु कलेक्सन गरेको छ ।
कार्तिक आर्यन स्टारर फिल्मको कथा पैरालंपिक गोल्ड मेडलिस्ट मुरलीकान्त पेटकरको जीवनीमा आधारित छ। फिल्ममा उनले मुरलीकान्तको भूमिका निर्वाह गरेका छन्।
वि.सं.२०८१ असार २ आइतवार १०:२७
1.74K
shares





