कहिले रिलिज हुँदैछ ‘पुष्पा २’ ?

1.57K shares

काठमाडौँ । साउथको बहुप्रतिक्षित फिल्म पुष्पा २ को रिलिज मिति सरेपछि कहिले आउँछ होला भन्ने सबैतिर चासोको विषय बनेको थियो । पहिलो पार्टको सफलतापछि दर्शकमा दोश्रो पार्टको व्यग्र प्रतिक्षा देखिएको छ ।

यस्तोमा फिल्मको नयाँ मिति सार्वजनिक गरिएको छ । अब ‘पुष्पा : द रुल’ यो वर्षको अन्त्यमा ६ डिसेम्बर २०२४ मा प्रदर्शनमा आउने भएको छ । फिल्मको टिजर र गीत रिलिज भएपछि फिल्मको हाइप अझ बढेको छ ।

निर्माण टिमले नयाँ पोष्टर सार्वजनिक गर्दै नयाँ रिलिज मिति तोकेको छ । सुकुमारको निर्देशनमा बनेको फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्डन्ना, विजय सेतुपति, फवाद फासिल लगायतका कलाकारको अभिनय रहेको छ ।

1.57K shares