‘सतीदेवी’को मार्मिक गीत ‘लैजा दैव फिर्ता लैजा’ सार्वजनिक
वि.सं.२०८१ असार ७ शुक्रवार ०८:३८

काठमाडौं । साउन ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सतीदेवी’को ‘लैजा दैव फिर्ता लैजा’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार ओएसआर डिजिटलमार्फत गीतको भिडियो सार्वजनिक भएको छ ।
पितृसत्तात्मक सोचले छोरीहरुलाई कसरी हेर्छ भन्ने विषयमा बनेको फिल्मलाई लक्ष्मण सुवेदीले निर्देशन गरेका छ । यहि भावमा गीत घुमेको छ । निर्देशक लक्ष्मणकै शब्द रहेको गीतमा संगीत सुवास भुषालले भरेका छन् भने ममता गुरुङले स्वर दिएकी छन् ।
दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको फिल्ममा मलिका महत मुख्य भूमिकाका रहेकी छन् । फिल्ममा मलिकाको गेटअपदेखि क्यारेक्टर रुचाइएको छ । फिल्ममा मलिकाको साथमा हर्षित वली, मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, कुलबहादुर क्षेत्री, भोला सापकोटा, सिर्जना अदिकारी, सुजाता शिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ लगायतका कलकारको अभिनय रहेको छ ।
निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।
वि.सं.२०८१ असार ७ शुक्रवार ०८:३८





