सुनको मूल्य बढ्यो, तोलाको कति ?
वि.सं.२०८१ असार १७ सोमवार ०६:०५
1.94K
shares

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुनको मूल्य बढेर तोलाको १ लाख ४२ हजार २ सय रुपैँया कायमा भएको छ । यता, तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ५ सय रुपैँयमा कायम भएको छ ।
बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १७ सय ९० रुपैँयामा कारोबार भइरहेको छ ।
वि.सं.२०८१ असार १७ सोमवार ०६:०५
1.94K
shares




