प्रभासको ‘कल्की’को कमाई ५ सय करोड नाग्यो
वि.सं.२०८१ असार १७ सोमवार ०५:४७

काठमाडौँ । नाग अश्विनको ‘कल्कि २८९८ एडी’ले यतिबेला बक्सअफिसमा तहल्का मच्चाइरहेको छ । फिल्मले भारतमा मात्र नभएर विश्वभर नै तहल्का मच्चाइरहेको छ ।
जुन २७ बाट प्रदर्शनमा आएको फिल्मले बक्सअफिसमा दिनदिनै नयाँ किर्तिमान बनाइरहेको छ । हलासम्म फिल्मले विश्वभरबाट ५ सय करोड भारुमाथिको कलेक्सन गरिसकेको छ ।
दक्षिण भारतीय अभिनेता प्रभास स्टारर फिल्ममा बलिउडका अमिताभ बच्चन र दिपिका पादुकोण, दक्षिण भारतीय अभिनेता कमल हसन लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्म उत्तर अमेरिकामा सर्वाधिक कमाउने भारतीय फिल्मको सूचीमा परेको छ । कलेक्सनको हिसाबले सर्वाधिक कमाउने पाँचौँ तेलुगु फिल्म बनेको छ । यसअगाडि ‘बाहुबली द कन्क्लुजन’, ‘आरआरआर’, ‘सालार पार्ट १’ र ‘बाहुबली द बिगिनि’ङले यो सूचीमा स्थान बनाएका थिए । सूचीका पाँचमध्ये ४ फिल्म प्रभासका रहेका छन् ।
वि.सं.२०८१ असार १७ सोमवार ०५:४७





