‘सतीदेवी’को रिलिज मिति सर्यो, अब कहिले आउँछ ?

1.69K shares

काठमाडौँ । साउन ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सतीदेवी’को प्रदर्शन मिति हेरफेर भएको छ । चलचित्र साउनबाट सरेर भदौमा पुगेको छ ।

लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशन रहेको चलचित्र अब भदौ ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । यो मितिमा हालसम्म कुनै पनि चलचित्र रिलिजमा छैनन् । यसो हुँदा सतीदेवीले सोलो रिलिजको अवसर पाएको छ ।

मलिका महतको मुख्य भुमिका रहेको चलचित्रको पोष्टर सार्वजनिक भएदेखिनै सर्वत्र चर्चा छ । छोरीको कथा भन्ने फिल्ममा पितृसत्तात्मक सोचबाट छोरीमाथि गरिने विभेद फिल्ममा देखाइएको छ ।

 

1.69K shares