सुनको मूल्य घट्यो, तोलाको कति ?

वि.सं.२०८१ असार २४ सोमवार ०५:३६
1.1K
shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बजारमा आइतबार नयाँ रेकर्ड राखेको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैँयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
बजारमा चाँदीको मूल्य भने प्रतितोला १८ सय ९० रुपैँयमा स्थिर रहेको छ ।

वि.सं.२०८१ असार २४ सोमवार ०५:३६
1.1K
shares