टियु बिबिए कप क्रिकेटको फाइनल आज

952 shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपालभरीबाट बिबिए अध्यापन गर्ने कलेजहरु सम्मिलित टियु बिबिए कप क्रिकेटको फाइनल खेल आज सोमबार मूलपानी क्रिकेट मैदानमा हुँदैछ । असार १२ गतेबाट सुरु प्रतियोगितालाई पब्लिक युथ क्याम्पस ले आयोजना गरेको थियो ।

प्रतियोगितामा नेपाल कमर्स क्याम्पस (एनसीसी) र केसीएमआईटी फाइनलमा पुगेका छन् । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले ९० हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ४० हजार रुपैयाँ नगद, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दर्शक र विद्यार्थीहरूको ठूलो उपस्थिति देखेर हामी खुशी छौं र विद्यार्थीहरूको सहयोगको लागि अत्यन्तै आभारी रहेको इभेन्ट म्यानेजर म्यान क्यान डु का म्यानेजिङ डाइरेक्टर सुनिल थापाबताए ।

952 shares