अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

343 shares

काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।

अमेरिकाको न्यु जर्सीमा मंगलबार बेलुका भएको खेलको २२ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा अग्रता बनाएको अर्जेन्टिनाका लागि दोश्रो हाफको ५१ औा मिनेटमा लियोनल मेसीले गोल गर्दै जित सुनिश्चित गरे । जारी खेलमा मेसीले पहिलो गोल गरेका हुन् ।

उरुग्वे र कोलम्बियाबिच हुने दोश्रो सेमिफाइनलको बिजेताले अर्जेन्टिनासँग उपाधिको लागि भिड्नेछ ।

343 shares