३४ अंकले बढ्यो नेप्से

वि.सं.२०८१ साउन ३० बुधवार १०:२३
763
shares

काठमाडौँ । साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) ३४.२९ अंकले बढेको छ । नेप्से बढेर २९५७ विन्दुमा पुगेको हो ।
नेप्से बढ्दा बजारमा कारोबार रकम पनि बढेको छ । बजारमा आज २३ अर्ब ४३ करोड रुपैँयाको कारोबार भएको छ । बजारमा फाइनान्स, विकास बैंक, लगानी लगायतका उपसमुह बढ्दा माइक्रोफाइनान्स र जीवन बीमा उपसमुह घटे ।
बजारमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआईडीसीएल, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इङ्गा हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर, गुडविल फाइनान्स, अपी पावरको मूल्यमा सकरात्मक सर्किट लाग्यो । यता मन्दाकिनी हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावरको, मिडसोलु हाइड्रोपावर लगायतका कम्पनीको मूल्य घट्यो ।

वि.सं.२०८१ साउन ३० बुधवार १०:२३
763
shares