‘सतीदेवी’को रोमान्टिक गीत ‘माया बसेको रैछ’ सार्वजनिक

वि.सं.२०८१ साउन ३१ बिहीवार १३:०९

काठमाडौँ । भाद्र ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सतीदेवी’को ‘माया बसेको रैछ’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार ओएसआर डिजिटलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।
लक्ष्मण सुवेदी शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ भने प्रताप दास र दीपा लामाको स्वर रहेको छ । रोमान्टिक बोलको गीतमा फिल्मका मुख्य कलाकार मलिका महत र सन्दिप बाबु लोहनी फिचर्ड छन् ।
लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा तयार भएको फिल्ममा मलिका र सन्दिपको साथमा हर्षिका वली, मन्जिला बानियाँ, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोलाराज सापकोटा, श्रृजना अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा दिलासा, सारा, योगेश, विवेक, समीक्षा, लक्की, लोक प्रसाद र श्रीदेवी सुवेदीको लगानी रहेको छ ।
फिल्मलाई तारा थापाले सम्पादन गरेका हुन् भने रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । फिल्ममा दीपक शर्मा र सुभाष भुसालको संगीत र देव महर्जनको एक्सन रहेको छ । नारीप्रधान फिल्म पोष्टर सार्वजनिक भएदेखि नै चर्चामा छ ।

वि.सं.२०८१ साउन ३१ बिहीवार १३:०९