गठ्ठाघर दुर्घटनामा मृत्यु भएकी स्कुटर चालक दोलखाकी भएको पुष्टि
वि.सं.२०८१ साउन ३१ बिहीवार १३:३१
2.81K
shares
काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनामा मृत्यु हुने युवतीको परिचय खुलेको छ । दुर्घटनामा मृत्यु भएको युवती दोलखाको मेलुङ गाउँपालिकाको रहेको पुष्टी भएको छ ।
दुर्घटनमा मृत्यु हुनेमा मेलुङ–४ भेड्पुकी २३ वर्षीया सुस्मा नेपालीको मृत्यु भएको खुलेको हो । काठमाडौँको बागबजार बस्दै आएकी नेपालीलाई आज दिउँसो मालबाहक ट्रकले ठक्कर दिएको थियो । प्रत्यक्षदर्शीले उनलाई ट्रकले लतारेर ल्याएको र ब्याक गरेर किचेको दाबी गरेका छन् ।
नेपालीको मृत्यु भएपछि दिनभर गठ्ठाघर क्षेत्रको अवस्था तनावग्रस्त बनेको थियो । उनको शवलाई अहिले पोष्मार्टमको लागि त्रिवी शिक्षण अस्पताल लगीएको जनाइएको छ । ट्रक चालक भने फरार रहेका छन् ।
वि.सं.२०८१ साउन ३१ बिहीवार १३:३१
2.81K
shares