‘देवी’को ट्रेलर सार्वजनिक

1.65K shares

काठमाडौँ । भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार एक कार्यक्रमकामाझ फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

बलात्कारको घटनामा बनेको ट्रेलर सस्पेन्स र थ्रिलले भरिएको देखिन्छ । ट्रेलरमा बलात्कारको घटनालाई अनुसन्धान गरिरहेको प्रहरी अफिसर र पत्रकारको भुमिका र अपराधिको खोजि देखाइएको छ ।

अफिसरको भूमिकामा गौरव पहारी रहेका छन् । पत्रकारको भूमिकामा शिल्पा मास्के रहेकी छन् भने नाजिर हुसेनको भूमिका रहस्यमयी देखाइएको छ । संजोग राइको निर्देशनमा बनेको फिल्ममा साई र अजय गौतमको कथा रहेको छ । फिल्ममा रेमन गुरुङ, नारायण राई र संजोग राईको लगानी रहेको छ भने कार्यकारी निर्माता जावेद खान हुन् । फिल्मका सह–निर्माताहरु शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् ।

फिल्म सुदर्शन थापाको ‘रावायण’सँग भिड्दै छ । ‘रावायणमा’ पल शाह र पूजा शर्मा मुख्य भूमिकामा छन् ।

 

1.65K shares