कंगना रनावतले ‘भारत भाग्य विधाता’ बनाउने

1.48K shares

काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनावतले आगामी फिल्मको घोषणा गरेकी छन् । उनले सामाजिक संजालमार्फत नयाँ फिल्म ‘भारत भाग्य विधाता’ निर्माण घोषणा गरेकी हुन् ।

फिल्म घोषणा गर्दै उनले लेखेकी छन्, “ठूलो पर्दामा वास्तविक जीवनको वीरताका जादू अनुभव गर्नुस्। भारत भाग्य विधाताको घोषणा गर्न पाउँदा निकै खुशी लागिरहेको छ। जुन गुमनाम नायकलाई सिनेमाई श्रद्धाञ्जली हो।”

फिल्मलाई मनोज तापडियाले निर्देशन गर्नेछन् । फिल्ममा बबीता आशिवाल र आदि शर्माको लगानी रहनेछ । कंगनाले फिल्ममा मुख्य भूमिका निर्वाह गर्नेछिन् ।

हाल उनि फिल्म ‘इमरजेन्सी’को कारण चर्चामा छिन् । उनको फिल्मविरुद्ध शिख समुदाय प्रदर्शनमा उत्रेको छ ।

 

1.48K shares