एकहप्तादेखि बालेन भारतमा, सर्टिफिकेटमा नाम सच्याउन गएको आरोप

987 shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेय बालेन्द्र शाह एक हप्तादेखि भारतमा छन् । उनि भारतको बैंगलोरमा कलेजका पूर्वविद्यार्थीहरुको कार्यक्रममा सहभागी हुन् गएको बताइएको छ ।

यस्तोमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष समिक बडालले उनि आफ्नो सर्टिफिकेटमा नाम सच्याउन गएको आरोप लगाएका छन् । पछिल्लो समय बालेन र बडाल सामाजिक संजालमा दोहोरी खेलीरहेका छन् ।

बालेन भोलि मंगलबार काठमाडौँ आइपुग्ने छन् । इन्द्रजात्रामा राष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च पदस्थलाई स्वागत गर्नुपर्ने बाध्यतालाई छल्न उनि भारत गएको खबर बाहिरिएको छ । मंगलबार इन्द्रजात्रा हो । इन्द्रजात्रामा काठमाडौँ महानगरपालिकाले सधैँ विशेष कार्यक्रमको आयोजना गर्छ । यस्तोमा, काठमाडौँका मेयर–उपमेयरले अतिथिलाई स्वागत गर्छन । यहि स्वागत छल्नेगरी उनि मंगलबार नै कार्यक्रम नभ्याउने गरि काठमाडौँ आउने खबरहरु बाहिरिएका छन् ।

सोमबारबाट विशेषगरि उनि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत छल्नका लागि भारत गएको चर्चा चलेको छ।

987 shares