रवि लामिछाने सहकारी ठगीमा दोषी देखिए, समितिले आजै प्रतिवेदन बुझाउने
वि.सं.२०८१ भदौ ३१ सोमवार ०५:१८

काठमाडौँ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन बिशेष समितिले प्रतिवेदन तयार पारेको छ । समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको ठगीमा संलग्नहरुलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार पारेको समितीका एक सदस्यले बताए । प्रतिवेदन समितिका सदस्यहरुले हस्ताक्षर गरेर आजै संसदलाई बुझाउने तयारी छ ।
सहकारी ठगीमा तत्कालिन गृहमन्त्री लामिछानेको संलग्नताको खबर आएपछि नेपाली काँग्रेसले छानविन समिति बनाउन माग गर्दै संसदनै अवरुद्द गरेको थियो । संसदीय छानविन समिति बनेपछि ४० वटा सहकारीको छानबिन गरेको थियो । छानबिनमा लामिछाने दोषी देखिएको जनाइएको छ ।
लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडियो नेटवर्कमा विभिन्न सहकारीबाट रक आएको र उक्त रकम खर्चमा लामिछाने संलग्न रहेको बताइएको छ । कम्पनीका अध्यक्षा गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले संयुक्त रुपमा दुईवटा बैंकमा खाता सञ्चालन गरेका थिए ।
छानबिनमा परेका सहकारीको अपचलन भएको रकम अत्याधिक रहेको जनाइएको छ । गोरखा मिडियामा पैसा ल्याउने काम जीवी राईको र खर्च गर्ने काम रवि लामिछानेको रहेको खुलेको छ ।
वि.सं.२०८१ भदौ ३१ सोमवार ०५:१८








