‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो गीत ‘काँधेकुरी’ सार्वजनिक

1.2K shares

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो गीत ‘काँधेकुरी’ सार्वजनिक भएको छ । आइतबार निर्माण टिमले पहिलो मर्मस्पर्शी गीत सार्वजनिक गरेको हो ।

गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । छोराको भविष्यको लागि बाबुको दुख, पिडा र विछोड गीत र भिडियोमा देखाइएको छ । आर्थीक अभावको पिडा भिडियोमा देखाइएको छ । बिजय बराल बुबाको भूमिकामा छन् भने प्रकाश सपुत छोराको भूमिकामा । छोराको लागि विजयले गरेको संघर्ष र प्रकाशले सहर गएर पढेको अनि गाउँ फर्केर सारङ्गी बजाएको दृश्यहरु भिडियोमा देखाइएको छ ।

बुबा छोराको सम्बन्धको कथामा बनेको फिल्मको लेखन तथा निर्देशन सरोज पौडेलले गरेका छन् । फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुषाल, बुद्धि तामांग, अन्जना बराइली, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शन हुनेछ ।

फिल्मलाई सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुतिमा निर्माण गरिएको हो । फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको छ । फिल्मको कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

 

 

1.2K shares