सुनको भाउ बढ्यो, तोलाको कति ?

812 shares

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बजारमा सुनको मूल्य ५ सय रुपैँया प्रतितोलामा बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढेर प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैँया कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

बजारमा चाँदीको मूल्य पनि १५ रुपैँयाले बढ्दै तोलाको १ हजार ९ सय ९५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ।

812 shares