खुस्मा : धिरज र उपासनाको प्रेम चर्चाले फिल्म चल्ला त ?
वि.सं.२०८१ भदौ ३१ सोमवार ०७:१०

काठमाडौँ । यतिबेला चलचित्र ‘खुस्मा’ प्रदर्शनको संघारमा छ । असोज ३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा जनयुद्धको प्रभावका बिचमा अंकुराएको प्रेमकथा देखाइने जनाइएको छ । फिल्मको प्रचार सामग्री सार्वजनिक भइसकेकका छन् ।
सार्वजनिक प्रचार सामग्रीमा फिल्मको एक गीत ‘रुकुम मैकोट’लाई दर्शकले अत्याधिक रुचाएका छन् । अन्य सामग्री भने दर्शकको नजरमा पर्न सकेका छैनन् । यद्दपी अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको प्रेमचर्चा भने शिखर छ । हरेक अन्तवार्तामा दुईको प्रेम चर्चाका प्रशंग उठिरहेका छन् । उनिहरुलाई पनि जवाफ दिन भ्याइ नभ्याइ छ । उनिहरुले सार्वजनिक रुपमा प्रेम सम्बन्ध भने स्विाकार गरेका छैनन् ।
हावा नचली पात हल्लदैँन भन्ने नेपाली उखान यहाँ पनि उठ्न सक्छ । तर, नेपाली चलचित्र क्षेत्रमा प्रेम सम्बन्धहरु प्राय फिल्म चलाउनका लागि एउटा फण्डाको रुपमा पनि प्रयोग हुने गरेको देखिन्छ । फिल्म प्रचारको क्रममा प्रेम सम्बन्धको हल्ला चलाएर फिल्मको हाइप बढाउन खोज्ने चलन देखिन्छ । फिल्म रिलिज अगाडि भयंकर प्रेममा भएको भान गराउने अनि फिल्मको रिलिजपश्चात सम्बन्ध सँधैको लागि टुंग्याइदिन चलन देखिएकै छ ।
धिरज र उपासनाको प्रेमको हल्ला पनि यहि त हैन भन्ने आशंका दर्शकहरुमा देखिन्छ । दुवैको क्रियाकलापले उनिहरु प्रेममा रहेको जनाउँछ । फिल्मको ट्रेलर रिलिजको क्रममा उपासनाले प्रेमिल भावमा धिरजलाई मेरो प्रिय मान्छे भनेपछि यसले अझै बल पाएको छ ।
अर्को एउटा घटना फिल्मको छायांकनको क्रममा पनि भएको बताइन्छ । छायांकनको क्रममा उपासनाको खुट्टा ढुङ्गामा ठोकिएर घाइते भएपछि उनि हिँड्नै सकिनन् । यस्तोमा मुसलधारे पानी परिरेको बेला धीरजले उपासनालाई फ्नो पिठ्यूँमा बोकेर रुकुम मैकोटमा बस्दै आएको घरसम्म पुर्याएका थिए । त्यहिँबाट उनिहरुबिच प्रेम अंकुराएको जनाइन्छ ।
वास्तविकतामै प्रेम हो र हल्ला चलेका हुन् भने त ठिकै हो ? फिल्म प्रचारका लागि मात्रै यस्तो गरिएको हो भने, त्यसले फिल्मको बक्सअफिसमा कुनै चमत्कार गर्नेवाला छैन । आजका दर्शकहरुको चेत धेरै माथि पुगिसक्यो । दर्शकले कसको प्रेम को सँग छ भन्दा पनि कन्टेन्ट कस्तो छ भनेर फिल्म हेर्छन् । कन्टेन्ट कमजोर हुँदा जति नै प्रेमको हल्ला गरेपनि, धरधरी रोए पनि, चिच्याएपनि केहि हुनेवाला छैन ।
अन्य फिल्मका प्रदर्शनमा पनि अभिनेता अभिनेत्रीबिचमा यस्ता हल्लाहरु नचलेका हैनन् । राम्रो कन्टेन्टका फिल्महरु बिना फण्डा नै चलेका छन् । यस्तोमा फिल्मको कन्टेन्टले पाइरहेको प्रतिक्रियाले नै भर गर्छ । फिल्मको ट्रेलरमा आएको प्रतिक्रिया भने सुखद् छैन ।
वि.सं.२०८१ भदौ ३१ सोमवार ०७:१०











