‘कल्ली’मा सौगात मल्लको इन्ट्रि

वि.सं.२०८१ भदौ ३१ सोमवार ०८:१३

काठमडौँ । लक्ष्मण सुनारको निर्देशनमा बन्ने चलचित्र ‘कल्ली’मा सौगात मल्ल अनुबन्धित भएका छन् । निर्माण टिम र मल्लबिच सहमती भएपस्चात उनि आधिकारीक रुपमा चलचित्रमा अनुबन्धित भएका हुन् ।
किरण नेपालीको प्रस्तुति रहने फिल्मलाई रेड बर्ड प्रोडक्शन र कस्तूरी प्रोडक्शनको ब्यानरमा निर्माण गरिनेछ । केहि समयअगाडि फिल्मको पोष्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको थियो ।
फिल्ममा पल शाह र बेनिशा हमाल अनुबन्धित भइसकेका छन् । पल र बेनिशाको क्यारेक्टर पोष्टर समेत निर्माण टिमले सार्वजनिक गरेको थियो । सौगातको इन्ट्रिसँगै फिल्मको लाइनअप रोचक बनेको छ ।
फिल्ममा निर्देशक लक्ष्मण सुनारकै कथा रहेको छ । उनले यसअगाडि सुनार ‘बुलाकी’ निर्देशन गरेका थिए । पल र सौगातले पहिलोपटक एकसाथ काम गर्न लागेको हुन् । बेनिशा र सौगातले भने ‘झ्यानाकुटी’मा काम गरेको थिए ।
फिल्म नयाँ वर्षको अवसरमा चैत्र २९ गतेबाट प्रदर्शनमा आउनेछ ।

वि.सं.२०८१ भदौ ३१ सोमवार ०८:१३