बलिउड अभिनेत्री अदिती रावले गरिन् सिद्धार्थसँग विवाह

784 shares

काठमाडाौँ । बलिउड अभिनेत्री अदिती राव हैदरी विवाह बन्धनमा बाँधिएकी छन् । उनले दक्षिण भारतीय अभिनेत्रा सिद्धार्थसँग विवाह गरेकी हुन् । उनिहरुले वानापर्थीको ४०० वर्ष पुरानो श्रीरंगपुर मन्दिरमा विवाह गरेका हुन् ।

गोप्य रुपमा गरेको विवाहको तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । उनिहरुले फोटो सार्वजनिक गर्दै ‘तिमी मेरो चन्द्रमा, सूर्य र तारा हौ, सधैं परीकथा जस्तै सँगै रहनु, सधैं हाँस्नु । माया, उज्यालो र जादू सदा रहोस् । मिसेज एण्ड मिस्टर अद्दु–सिद्धु भनेर एकअर्कालाई लेखेका छन् ।

सिद्धार्थ र अदितीले सन् २०२१ मा तमिल–तेलुगु फिल्म ‘महासमुद्रम’मा एकसाथ काम गरेका थिए । सिद्धार्थले ‘रंग दे बसन्ती’ र ‘चश्मेबद्दूर’ जस्ता चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन् । अदितीले बलिउड र दक्षिण भारतका चलचित्रमा काम गरेकी छन् । उनका ‘पद्मावत’, ‘बोस’, ‘रकस्टार’ र ‘मर्डर ३’ हिट फिल्म हुन् ।

784 shares