नेपाल आइपुगे डली चायवाला

वि.सं.२०८१ भदौ ३१ सोमवार १२:४३
1.02K
shares

काठमाडौँ । भारतका चर्चित डली चायवाला नेपाल आइपुगेका छन् । सोमबार उनि झापाको काँकडभिट्टा आइपुगेका हुन् । डली चायवाला झापा आइपुगे
उनलाई ग्लोबल इनोभेसन पार्टनरले नेपाल ल्याएको हो । डली दुई अंगरक्षक र दुई व्यवस्थापकसहित नेपाल आएका हुन् । उनले धुलाबारीमा रहेको लंका रिसोर्टमा चिया बनाएर अतिथिलाई खुवाउने जनाइएको छ ।
उनि मंगलबार बेलुका काठमाडौँ आउने जनाइएको छ । त्यसपछि उनि तीन दिन पोखरा घुमेर फर्कनेछन् । डली भारतमा सम्पन्न जी–सेभेनको बैठकका क्रममा अमेरिकी अर्बपति बिल गेट्सलाई चिया खुवाएपछि सर्वाधिक चर्चामा आएका थिए । त्यसपछि उनको उचाइ बलिउड कलाकारको भन्दा कम छैन ।
.

वि.सं.२०८१ भदौ ३१ सोमवार १२:४३
1.02K
shares