आजपनि बढ्यो सुनको भाउ, तोलाको कति ?
वि.सं.२०८१ असोज १० बिहीवार ०५:४६
1.59K
shares

काठमाडौँ । नेपाली बजारमा लगातार सुनको मूल्यमा बृद्धि भइरहेको छ । दैनिक रुपमा सुनको भाउले नयाँ रेकर्ड कायम गरिरहेको छ । यस्तोमा आज बिहिबार पनि सुनको मूल्य ३ सय रुपैँयाले तोलामा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ७ सय रुपैँया कायम भएको छ ।
बजारमा चाँदीको मूल्य भने स्थिर देखिएको छ । चाँदी प्रतितोला १९५५ रुपैँया प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०८१ असोज १० बिहीवार ०५:४६
1.59K
shares




