‘फेमिली म्यान ३’ मा सुनिल थापा

1.04K shares

काठमाडौँ । बहुचर्चित वेब सिरिज ‘द फेमिली म्यान’को तेश्रो श्रृंखलामा नेपाली अभिनेता सुनिल थापा पनि देखिने भएका छन् । सामाजिक संजालमार्फत सिरिज गर्न लागेको जानकारी थापाले दिएका हुन् ।

उनले फेमीली म्यानको श्रीकान्त तिवारी (मनोज वाजपेयी सँगको तस्बिर शेयर गरेका छन् । साथै बलिउडका प्रसिद्ध कलाकार दलिप तहिल र उनका गुरु टियासँगको फोटो पनि राखेका छन् ।

थापाले यसअगाडि बलिउड फिल्ममा पनि काम गरेका छन् । उनले प्रियंका चोपडासँग ‘मेरी कोम’, कमल हसनसँग ‘एक दुजेके’ लिए फिल्ममा काम गरेका थिए । फेमीली म्यानको तेश्रो सिजनको पर्खाइ दर्शकमा व्यग्र छ ।

1.04K shares