‘भूल भुलैया ३’ को टिजर सार्वजनिक

वि.सं.२०८१ असोज ११ शुक्रवार ११:१७
1.09K
shares

काठमाडौँ । बलिउड फिल्म भूल भुलैया ३ को टिजर सार्वजनिक भएको छ । शुक्रबार शुक्रबार टि–सिरिज युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।
सार्वजनिक टिजरमा मञ्जुलिका (विद्या वालन) फर्किएको देखाइएको छ। फिल्मको पहिलो पार्टमा विद्या र अक्षय कुमारले अभिनय गरेका थिए । दोश्रो पार्टमा कार्तिक आर्यन भित्रिएसँगै तेश्रो पार्टमा मञ्जुलिकासँग कार्तिकले भिड्नेछन् ।
अनीस बज्मी निर्देशित फिल्ममा कार्तिक आर्यन, विद्या बालन, तृप्ति डिमरी, माधुरी दीक्षित, राजपाल यादवलगायत कलाकारको अभिनय छ। फिल्म नोभेम्बर १ देखि प्रदर्शन हुनेछ।

वि.सं.२०८१ असोज ११ शुक्रवार ११:१७
1.09K
shares