सलमानमाथि व्यङ्ग्य हानेपछि विवेक ओबेरोय चर्चामा

2.05K shares

काठमाडौँ । बलिउड अभिनेता विवेक ओबेरोय फेरि एकपटक चर्चामा आएका छन् । हालै आयोजित आईफा अवार्ड २०२४ का क्रमको विवेकको एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा उनि शाहरुख खानको तारिफ गरिरहेका छन् । उनले तारिफको साथमा दिएको एक लाइनले उनि चर्चामा आएका हुन् ।

उनले भनेको लाइन घुमाउरो पारामा सलमान खानलाई रहेको फ्यानहरुको आँकलन छ । भिडियोमा विवेक शाहरुखसँग स्टेजमा देखिएका छन् । उनले शाहरुखको तारिफ गर्दै भनेका छन्, ‘यी मान्छे, म साँचो भन्दैछु, उहाँ अनस्क्रिनका राजा मात्रै होइन अफ स्क्रिनका पनि मुटुका राजा हुन् । धेरै मानिसहरूसँग ख्याति र शक्ति छ, तर तपाईंको बारेमा सबैभन्दा विशेष कुरा यो हो कि तपाईंले मानिसहरूलाई अगाडि लैजान आफ्नो शक्ति प्रयोग गर्नुभयो।’विवेकको तारिफ सुनेर शाहरुख खानले भावुक हुँदै भने, ‘अब धेरै भन्यौ भने यो अवार्ड म आफैँ राख्छु ।’

सोहि लाइन सलमानमाथिको व्यंग्य भएको धेरैको बुझाइ छ । सलमानसँग ब्रेकअप भएपछि ऐश्वर्या रायको नाम विवेक ओबेरोयसँग जोडिएको थियो । यसै क्रममा विवेकले पत्रकार सम्मेलनमा सलमानले उनलाई लगातार धम्की दिएको बताएका थिए ।

2.05K shares