सहकारी ठगी प्रकरणमा रविसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी

2.09K shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा अदालतले रवि लामिछानेसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पूर्जी जारी गरेको छ । कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित एकैपटक १४ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

अदालतले लामिछानेसहित विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल छन् ।त्यसैगरी देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजिम पक्राउ पुर्जी जारी भएको हो ।

 

2.09K shares